• ३० फाल्गुन २०८२, शनिबार

उत्कृष्ट कार्य गरे बापत नुवाकोटका ट्राफिक प्रहरी सम्मानित

नुवाकोट जिल्लाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य बापत बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले नुवाकोटका ट्राफिक प्रहरी प्रमुख बिकल भट्टराईलाई तथा साहायक निरिक्षक नरहरी अधिकारी लाइ पुरस्कृत तथा सम्मान गरेको छ । गतवर्ष ट्राफिक नियम उल्लघंन गर्ने सडक प्रयोगकर्ताहरुको आम प्रवृत्तिलाई कडाईका साथ कानुनको दायरामा ल्याई सडक अनुशासन कायम गर्ने तथा सर्वसाधारणहरुलाई विविध ट्राफिक सचेतनामुलक कार्यक्रम मार्फत ट्राफिक नियम पालना गर्न प्रोत्साहित गर्दै सवारी दुर्घटना न्यूनीकरणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका भट्टराई अधिकारी लाई बागमति प्रदेश ट्राफिक प्रहरी कार्यलय रामनगरले पुरस्कृत गरेको हो। कोभिड(१९ कोरोना भाईरसको समयमा पनि आफनो जिम्मेवारीलाई लगनशिलता पुर्वक उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेशका ट्राफिक प्रमुख एवम् प्रहरी उपरीक्षक प्रकाश रानाभाट मार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका ट्राफिक प्रमुख भट्टराई र साहायक निरिक्षक अधिकारी लाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

नुवाकोट जिल्लामा रहेर ट्राफिक व्यवस्थापनमा प्रदेशमै उदाहरणीय काम गरेकोले सम्मान र पुरस्कार मार्फत प्रहरी कर्मचारीले जनता प्रति अझै धेरै जिम्मेवारि बनाउनुका साथै हौसला बढाउन पनि प्रदेश ट्राफिकले सम्मान तथा पुरस्कार प्रदान गरेको प्रहरी उपरीक्षक रानाभाटले बताउनु भयो ।कोरोनाको कारण नुवाकोटमा लकडाउन भर जिल्लाको बिभिन्न स्थान र चेकपोष्टहरुमा चेकजाँचमा कडा गर्दै नियम नमान्नेलाई कारवाहिको दायरामा ल्याईएको नुवाकोटका ट्राफिक प्रमुख विकल भट्टराईले जानकारी दिनुभयो। भट्टराई का अनुसार आफुले ईमान्दारी पुर्वक आफनो जिम्मेवारीलाई सधै पूरा गरेको र जिल्लामा सर्वसाधारणहरु लाई ट्राफिक नियमको पालना गराउन र सिकाउनका निमित्त विभिन्न कार्यक्रम, सचेतनामुलक सन्देश लागाएतका कार्यहरु गरेका कारण जनता को माया र साथ का कारण सम्मान तथा पुरस्कृत हुन पाउदा खुसी लागेको बताउनु भयो । कामको उचित मुल्याङ्कन गरि पुरस्कार प्राप्त गरिरहँदा आफनो संगठन प्रति अझै धेरै राम्रो काम गर्ने हौसला र उर्जा प्राप्त भएको अधिकारी ले बताउनु भयो।





प्रतिक्रिया दिनुहोस्