• २३ आश्विन २०८१, बुधबार

कोरोना भाईरस भन्दा बलिया वडा अध्यक्ष र शिक्षकको रमाईलो भोज कार्यक्रम

तस्विर : तादी गापा ६ का वडा अध्यक्ष थापा रसुवाको भुन्द्रुङ गाँउमा सेल्फी खिच्दै

कोरोना भाईरस भन्दा बलिया वडा अध्यक्ष र शिक्षकको रमाईलो भोज कार्यक्रमजिल्ला संकट व्वस्थापन समितिले गरेको निर्णयलाई एक वडा अध्यक्ष र शिक्षकले धोती लगाईदिएका छन् । तादी गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष केशव थापा र वडा नम्बर ५ मा अवस्थित बिज्ञान माध्यामिक बिद्यालयका शिक्षक ऋषिराम खनालले धोती लगाईदिएका हुन ।कोरोना भाईरसको महामारीका कारण समुदाय स्तरमै संक्रमितहरु देखिन थालेपछि संकट व्वस्थापन समितिको बैठकले जिल्लाका बिभिन्न स्थानमा गरिएको बन्दाबन्दीको उल्लघन गर्दै वडा अध्यक्ष र शिक्षक सहितको जम्बो टोलीले २ रात्री सहित ३ दिने भोज लगाएका थिए । त्यो पनि छिमेकी जिल्ला रसुवा पुगेर । उक्त समयमा भोजको आयोजना गर्ने वडा अध्यक्षको गाँउपालिका पनि शिल्ड गरिएको थियो ।

तस्बिर:वडा अध्यक्षले आफू र ११ जना साथीहरू मिलि भोज खान जाँदै छौ भनी सामाजिक संजालमा हाल्नुभएको

कोरोना भाईरसको माहामारीको समयमा नागरिकलाई सचेत गराउने प्रभुत्व वर्गकोनै बाटो हगुवा शैलीको कारण अन्य नागरिकहरुमा त्रास छाएको छ ।समाचार श्रोतका अनुशार तादी गाँउपालिकाको वडा नम्बर ६ नर्जामण्डपमा रहेको सिताधर्म आधारभुत बिद्यालयको नयाँ भवन निर्माणको लागी आएको ७० लाख रुपैयाँ बराबरको ठेक्का प्रक्रिया मिलाउन आफ्ना नजिकका साथिभाई सहितको ३ दिने भोजको आयोजना गरी एक आईचर गाडी रिजर्भ गरेर रसुवा पुगेको जनाईएको छ ।कोरोना भाईरसबाट सुरक्षित रहनको लागी रसुवा जिल्लाले अन्य स्थानका नागरिकहरुलाई रसुवा प्रवेशमा गरिएको कडाईलाई समेत उल्लघन गरेर ३ दिनसम्म भोज लगाईएकोमा रसुवाको सुरक्षालाई समेत चुनौती थपिएको छ ।नागरिकहरुको सुरक्षाको लागी सरकारले गरेको निर्णयको बर्खिलाप गर्दै आयोजना गरिएको भोज स्थलको वडा अध्यक्ष आफैले लाजै नमानी सामाजिक सञ्जालमा फोटो पोष्ट्याउनुभएको छ । वडा अध्यक्ष थापाले भोजको लागी खसी खरिद गर्दे गर्दाको फोटोपनि सामाजिक सञ्जालमा पोष्ट्याउनुभएको छ । यस बिषयमा रसुवा र नुवाकोट दुवै जिल्लाका प्रशासन भने बेखबर भएको छ । वडा अध्यक्ष थापा नेपाली काँग्रेसबाट निर्बाचित हुन भने र शिक्षक खनाल नेपाली काँग्रेसका गाँउ स्तरका नेता हुन ।





प्रतिक्रिया दिनुहोस्