• २२ मंसिर २०८१, शनिबार

नेपाल तरुण दल नुवाकोटका सदस्य तथा सामाजसेवि नेता घिसिङद्वारा बागलुङ बाढी पिडितका लाघि नगद सहयोग

तस्बिर :नेपाल तरुण दल नुवाकोटका सदस्य तथा सामाजसेवि नेता दिल घिसिङ

नेपाल तरुण दल नुवाकोटका सदस्य तथा सामाजसेवि नेता दिल घिसिङले बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढी पिडितका लाघि नगद सहयोग गर्नुभएको छ। घिसिङले नेपाली काङ्ग्रेस क्षेत्रीय काेषमा नगद रु २३१००|-(अक्षर रूपी : तेईस हजार एक सय मात्र) सहयोग रकम जम्मा गरेका छन् । उनले सो रकमले थोरै मात्रा भएपनी बाढी पीडितलाई सहयोग पुग्ने बताउनु भएको छ ।

गत बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय साथै ठूलो मात्रमा भौतिक क्षति भएको थियो । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत भौतिक संरचनामा क्षति पुर्याएको थियो । बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको साथै सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ । मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।

ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ७३ घर पूर्ण तथा आंशिक रुपमा क्षति भएको र सो घरहरुबाट ५१८ जना विस्थापित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्