• २१ माघ २०७९, शनिबार

लकडाउन अबधिमा प्याकुरेल नेतृत्वको ररर अभियान प्रभावकारी बन्दै

तस्बिर : ररर अभियानका अभियन्ता मच्छिन्द्रनरसिंह प्याकुरेल

नुवाकोट जिल्लाको समाजसेविको रुपमा आफ्नो चिनारी बनाउदै आउनु भएको मच्छिन्द्रनरसिंह प्याकुरेलले विदुर नगरपालिका वडा नं.१२ चारघरे मुलावारी बस्ने रवि विकलाई औषधि प्रदान गर्नुभएको छ ।

उहाँले मोटर साईकल दुर्घटनाबाट घाईते भई लामो समय सम्म घरमै उपचार गराइरहनु भएको विकलाई उपचार गर्न आर्थिक अभाव भएको तथा मेडिकल सामाग्री समेत किन्न नसकेको खबर सुन्ने बित्तिकै ७ हजार बराबरको औषधि खरिद गरि विरामिलाई पठाउनु भएको छ । बिरामी विकलाई औषधि मात्र होइन आफ्नो खर्चमा घरमै डाक्टरसम्म लगेर चेक जाच बेला बेला गराउने गरेका छ्न ।

त्येस्तै प्याकुरेलले निज बिरामी बिकको वहिनिलाई विध्यालय तह सम्म पढ्नको लाघी आवस्यक सम्पुर्ण खर्च व्यहोर्ने प्रतिवद्वता समेत जनाउनु भएको छ । समाजमा होस् या व्येक्तिलाइ आईपर्ने जुनसुकै खालको आपतकालिन विपदहरुमा अग्रपन्तिमा रहेर विनास्वार्थ खटिरहने उहाँको सामाजिक कार्य सामान्य नागरिकहरुको लागी देवता नै सावित हुने गर्दछ । प्याकुरेलको सक्रियतामा गठित Blood On Request in Nuwakot वाट नुवाकोट जिल्लामा रहेका सम्पुर्ण विरामिलाई रगत व्यवस्थापन हुदै आयको छ । लामो लकडाउनमा प्याकुरेलको नेतृत्वको ररर अभियान अन्तरगत राहत,रगत, रेस्क्यु अभियान चलेको थियो ।





प्रतिक्रिया दिनुहोस्