बिदुर नगरपालिका वडा न ८ राइसिङमा एक युवकमाथी खुकुरी प्रहार भएको छ । स्थानियका अनुसार राइसिङका मनलाल गुरुङले छिमेकी करण गुरुङमाथी खुकुरी प्रहार गरेका हुन ।
खुकुरी प्रहारको सूचना पाए लगत्तै प्रहरी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय , नुवाकोटले बाग्मती प्रेसलाई जानकारी दिएको छ ।
झगडाको कारण र अन्य तथ्य भने खुल्न बाँकि रहेको छ भने घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल , त्रिशुली लगिएको स्थानियले बताएका छन ।