काठमाडौं, ४ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरे सँगै उनी पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।
देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरे सँगै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवालाई शुभकामना दिँदै काँग्रेस केन्द्रीय नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले काँग्रेसको नेतृत्वमा सरकार बन्नु चुनौतीको महासागर र अवसरको पहाड भएको बताएका छन् ।
नेता केसीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै देउवाले प्रतिनिधि सभामा प्राप्त गरेको विश्वासको मत संगै संसदको पूर्णावधी, स्वच्छ, भ्रष्टाचार रहित सुशासन र लोकतन्त्रको रक्षाको औजार बनाउन प्रतिबद्ध हुनुपर्ने जनाएका छन् ।
काँग्रेसको नेतृत्वमा सरकारले चुनौतीको महासागर र अवसरको पहाडको यात्रामा झुक्किने,चुक्ने र फेरि सुधारौंला भन्ने मौका नभएकोको भन्दै अहिलेको गठबन्धनले निर्णायक काम गर्नुपर्ने बताएका छन् ।