• २२ भाद्र २०८१, शनिबार

सरकारले खोप केन्द्र व्यवस्थित र सहजरुपमा खोप लगाउने व्यवस्था गर्नुपर्छ : नेता केसी

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले गत सोमबार खोप केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरुको निरीक्षणसंगै सरकारको प्राथमिकता खोप नै रहेको बताउनु स्वागत योग्य भएको नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् ।

खोपलाई प्राथमिकता दिएर स्थानीय तहसम्म पुर्याउनु सरकारको दायित्व रहेको नेता केसीको ठम्याई रहेको छ।

सरकारले खोपकेन्द्रलाई व्यवस्थित बनाएर असक्तलाई घाम र पानीबाट जोगाउने व्यवस्था गर्नुपर्ने अर्जुननरसिंह केसीको भनाई रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्