• १० बैशाख २०८२, बुधबार

संविधानमा व्यवस्था भएको समयमा महाधिवेशन हुन नसके, संविधान संशोधनको विकल्प छैन : नेता केसी

काठमाडौं, १० साउन । नेपालको संविधानमा कुनैपनि राजनीतिक दलले प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था रहेको छ ।

यदि पाँच वर्षसम्म पनि महाधिवेशन गर्न नसके संविधानलेे ६ महिना थप समय दिएको । यसरी संविधानमा व्यवस्था भएको समयमा महाधिवेशन हुन नसके, संविधान संशोधनको विकल्प नभएको नपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् ।

“संविधान देशको मूल कानुन हो” उनले भने, ” समयमा महाधिवेशन गर्न नसके संविधान संशोधनको विकल्प छैन।”

नेपाली कांग्रेसको महाधिवेशन आउन अब करिब डेढ महिना मात्र छ।कोरोना महामारी, वर्षात् तथा क्रियाशील सदस्यता विवादले तोकिएको समयमा महाधिवेशन हुने वा नहुने अन्योल छ।

पार्टीका तल्लो तहका अधिवेशन सार्ने निर्णय भइसके पनि नयाँ मिति तोकिएको छैन।

यसै बीच १३औं महाधिवेशनका प्रतिनिधि कायम गरी विशेष महाधिवेशन गर्ने विकल्प भने रहेको नेता केसीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्