काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा-१२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरिसकेको छ ।
गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । यसरी परीक्षा दिने मिति तोकिसकेको अवस्थामा पुनः परीक्षा रोक्नु गलत भएको नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् ।
नेता केसीले देशवासीको जीवनको रक्षा गर्नु राज्यको दायित्व भएपनि यसरी परीक्षानै अन्त्य गरेर देश विकासको मेरुदण्डको रुपमा मानिने लाखौं विद्यार्थीको सुनौलो भविष्यमाथि खेलवाड गर्न नहुने टिप्पणी गरेका छन् ।
‘सरकारलाई प्रस्न गर्दै’, नेता केसीले भने, “अनलाईन पढाउन हुने, अनलाईन परिक्षा किन नहुने ?”
भौतिक रुपमा परीक्षा दिँदा महामारी भयावह हुनसक्ने भएकोले सरकारले तत्काल वैकल्पिक विधि तथा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै परीक्षा सञ्चालन गर्नुपर्ने कांग्रेस नेता केसीले जानकारी दिए ।
सरकारले सबैखाले परीक्षाको निश्चित र समान मापदण्ड बनाउँदै भौतिक परीक्षाको विकल्प खोज्नुपर्ने नेता केसी बताए ।