रसुवा- आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) मा रसुवा जिल्लाबाट ५ सय ७१ जना विद्यार्थी सहभागि भएका छन् ।
जसमा छात्रा ३ सय १८ जना छन् भने छात्र २ सय ४४ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाई रसुवाका प्रमुख कर्ण बुढाथोकीले जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान गरिएको बताएका छन् । नियमिततर्फका ५ सय ५२ जना, र आंशिकतर्फ का १९ जना परीक्षार्थी रहेका छन् । उनीहरूलाई भूगोलको आधारमा परीक्षा केन्द्र तय गरिएको बताइएको छ । यसवर्ष अघिलो वर्षको तुलनामा कम विद्यार्थी सहभागी छन्।
शिक्षा विकास तथा समन्वय इकाई अनुसार जिल्लाका पाँचै वटा स्थानीय तहमा रहेका विभिन्न २४ वटा विद्यालयहरूबाट ५ सय ७१ जना विद्यार्थीहरू परीक्षामा सहभागि छन् । जसमा नियमिति तर्फ र प्राविधिकतर्फका ४० जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई रसुवा द्वारा प्रकाशित सूचना प्रणाली अनुसार १५ देखि संचालन हुने कक्षा १० को एसइई परीक्षामा रसुवा जिल्लामा ५ ओटा केन्द्रहरुहरू तोकिएका छन् ।