नुवाकोट, २३ कात्तिक । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मच्छिन्द्र नरसिंह प्याकुरेलले उम्मेदवारी दिएका छन् ।
आम नेता कार्यकर्ताहरूको मर्म र भावना बुझ्ने तथा समाजसेवामा निरन्तर लागीपरेका समाज रूपान्तरण र नुवाकोटवासीलाई दुःख सु: खमा साथ दिने लोकप्रिय तथा समाज सेवी आदरणीय युवा नेता मच्छिन्द्र नरसिंह प्याकुरेलले आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नुवाकोट क्षेत्र २ को क्षेत्रीय सभापतिको नेतृत्वको लागि उम्मेदवारी दिएका छ्न् ।
पार्टी संगठन मजबुत पार्न लागि परेका युवा नेता प्याकुरेल युवा तथा जेष्ठ नागरिकका आशा र भरोसाका केन्द्र हुन् ।
उनले अग्रजको साथमा, अबको राजनीति युवाको हातमा भन्ने नारा लिएर उम्मेदवारी घोषणा गरेका हुन् । उनले छरिएर रहेका युवापङ्त्तिलाई एकतावद्ध गरेर तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्ने समेत बताएका छन् ।
नुवाकोटमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले कांग्रेस पार्टीको पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताएका छन् । क्षेत्रिय सभापतिमा उनीसहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी दिने तयारी गरेका छन् ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका उनलाई युवा जमातहरुको सर्मथन रहेको देखिन्छ । उनी नुवाकोटमा राजनितिज्ञ भन्दा बढी समाजसेवीको रुपमा बढी परिचित रहेका छन् । उनी नुवाकोटमा सामाजिक अभियान्ताको रुपमा बढी परिचित छन् ।
१४औँ महाधिवेशन कांग्रेस कार्यकर्ताका लागि हर्सोउल्लासको पर्व बनेर आएको र पार्टीभित्रको आन्तरिक नेतृत्व चयनको यो आवधिक प्रकृया हो। यसले पार्टीलाई समयसापेक्ष सक्षम नेतृत्व दिनेछ भन्नेमा आफू पूर्ण आशावादी रहेको प्याकुरेलले जानकारी दिए ।