नुवाकोट, २९ कात्तिक । नुवाकोटको ककनी गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका सबै शिक्षकको स्वास्थ्य बिमा
गर्ने घोषणा गरेको छ।
आइतबार गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका
शिक्षकको १ लाख बराबरको स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन।
गाउँपालिकाको सेवा क्षेत्रमा रहेको सामुदायिक विद्यालयका इसिडी, कार्यलय सहायक, निजी, अस्थायी, राहत
र स्थायी गरी कुल ४ सय शिक्षक शिक्षिका रहेका छन् ।
गाउँपालिकाले स्वास्थ्य बीमाको घोषणा गरेसंगै एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटका अध्यक्ष बिनोद लामाले गाउँपालिकाको निर्णयलाई स्वागत गरेका छन्। लामाले ककनी गाउँपालिकाले झै सबै क्षेत्रका शिक्षकको अनवरत योगदानको स्थानीय सरकारले कदर गर्नुपर्ने प्रतिक्रिया दिए।