• १९ फाल्गुन २०८०, शनिबार

नुवाकोटमा पानीको भेलले बगाउँदा १ बालिकाको मृत्यु १ बालक बेपता


नुवाकोट । नुवाकोटमा पानीको भेलले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने एक बालक बेपता भएको छ।

विहीबार करिब ४ बजेको समयमा जिल्लाको ककनी गाउँपालिका २ सिमाना स्थित सिमटारबाट बेरुवा तर्फ जाँदै गरेको बा.८० प. ७९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा सडकमा बगेको पानीको भेलले स्थानीय शिवराम घिमिरेको ४ बर्षिय छोरा श्रेयान घिमिरे र वर्ष ८ की बेबिसा घिमिरेलाई बगाई बेपत्ता भएकोमा बेबिसा घिमिरे बगेको ठाउबाट २५ मिटर तल गम्भिर अवस्थामा फेला पारी उपचारको लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको र वर्ष ४ को श्रेयान घिमिरे हाल सम्म बेपत्ता रहेको कारण खोजतलास कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बागमती प्रेसलाई जानकारी दिएको छ।





प्रतिक्रिया दिनुहोस्