काठमाडौं, १९ माघ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बटारको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन । आज बुधवार बसेको क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन ।
समाजेवा, राजनीति, लेखन र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत हुन । क्याम्पसको पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठ हाल नुवाकोट कांग्रेसका सचिव छन । बौद्धिक छवीका श्रेष्ठले प्राज्ञिक क्षेत्रमा नेतृत्व पाएसँगै क्याम्पसको चौतर्फी सुधारको अपेक्षा राखिएको छ ।
साधारणसभाले लीलानाथ न्यौपाने,मोहन बहादुर खड्का,सुरेन्द्र भण्डारी, केदार डोटेल, बद्रि प्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना,भगवती खनाल र राजाराम अधिकारीलाई सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।