• १० बैशाख २०८२, बुधबार

सोमबारबाट विद्यालय खोल्न बेलकोटगढी नगरपालिकाको आग्रह

नुवाकोट, २४ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु आज सोमबारबाट खुल्ने भएका छन् ।

हिजो आइतबार बेलकोटगढी नगरपालिकाले एक सुचना प्रकाशित गर्दे पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मको विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दे विद्यालय खोल्न आग्रह गरेको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहालले पहिलो चरणमा सोमवारदेखि कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा पढाई हुने र अन्य कक्षाहरु वैकल्पिक सिकाइको माध्यमबाट कक्षा संचालन गर्न आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्