• २३ फाल्गुन २०८२, शनिबार

एकीकृत समाजवादीलाई नुवाकोटमा ठूलो धक्का, अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य पाठकले छाडे पार्टी

नुवाकोट, १७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले नुवाकोटमा ठूलो क्षेति ब्यहोर्नुपर्ने भएको छ ।

एकीकृत समाजवादी संबद्ध अनेरास्ववियूको केन्द्रीय सदस्य प्रह्लाद पाठकले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले समाजवादी पार्टी परित्याग गरेको बताएका छन् । पाठकले आफूले एकीकृत समाजवादी संबद्ध अन्य संगठनबाट पनि आजैको मितिबाट राजिनामा दिएको बताएका छन् ।

एमाले विभाजनपछि बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा रहेर राजनीति गर्दै आएका युवा नेता पाठकले पार्टीको नेतृत्व प्रति आक्रोश व्यक्त गर्दै पार्टीको झण्डा बोक्नु र नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् ।

प्रह्लाद पाठकको सामाजिक सञ्जाल फेसबुकबाट :

हाल उत्पन्न परिस्थिति र पार्टीको धारणा दिशानिर्देश बुझ्दा अब पनि पार्टीको नामको झण्डा बोक्नु नारा लगाउनुको कुनै औचित्य नभएको ठहर गर्दछु ।

परिवर्तनको आशा बोकेर बिद्रोह गरेका हामी युवाहरु आज फेरि जुनै जोगि आए पनि कानै चिरेका भन्ने अवस्थामा पुग्न बाध्य छौ र आजैका मिति देखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) नुवाकोटको जिल्ला सदस्य तथा अनेरास्ववियू केन्द्रिय कमिटि सदस्य बाट राजिनामा दिएको घोषणा गर्दै अब बाट नेकपा (एकीकृत समाजवादी ) को त्यागको पनि घोषणा गर्दछु ।धन्यवाद ।





प्रतिक्रिया दिनुहोस्