नुवाकोट, १४ कात्तिक । नेकपा एकीकृत समाजवादी नुवाकोट नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा विदुर नगरपालिकाका राजु कडेल निर्वाचित भएका छन् । त्यसैगरि मञ्चको सचिवमा ककनिका सुदर्शन जीसी निर्वाचित भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले गत शनिबार आयोजना गरेको भेलाबाट राजु कडेलकाे अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको गठन गरेको हो ।
कडेलको अध्यक्षतामा रहेको सम्पर्क मञ्चको उपाध्यक्षमा शिवपुरीका रमेश भेटुवाल, तादीका जयराम लामिछाने, लिखुका हरि गाैतम, शिवपुरीका गोकर्ण थापा, सूर्यगढीका दिपक तामाङ, बेलकोटगढीका गाेमादेबि आले खनाल, सूर्यगढीका देवेन्द्र अधिकारी, बेलकोटगढीका शम्भु पुडासैनी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा शिवपुरीका पदमा गुरूङ निर्वाचित भएका छन् ।
त्यस्तै, उपसचिवमा विदुरका कृष्ण अर्याल, सुदर्शन खतिवडा, तादिका बर्ज लामा तारकेश्वरका राजेश घिमिरे, बेलकोटगढीकी सपना अधिकारी, सूर्यगढीका कृषण धमला, पञ्चकन्याका मोहन श्रेष्ठ निर्वाचित भएका छन् ।
साथै, सहकोषाध्यक्षमा बेलकोटगढीकी सम्झना लामिछाने, विदुरकी बिष्णु कुमारी डंगोल, र ककनीका हरी विश्वकर्मा निर्वाचित भएका छन् ।
नेकपा ( एकीकृत समाजवादी) नुवाकोट – काठमाडौं सम्पर्क कमिटिकाे सल्लाहकारहरु:
१) सुवास पधान- मेघाङ
२)बालकृष्ण आचार्य – दुपचेशवर
३)केशब गजुरेल -बिदुर
४)बासु लाेहनी- शिबपुरी
५) पहलाद पानडे- ककनी
६) अर्जुन पन्त – ककनी
७) यादब घले- बेलकाेटगढि
यस्तै गरि युवा संघ नेपाल नुवाकोट -काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटीका पदाधिकारीहरु सहित २१ सदस्यीय कमिटी गठन गरेकाे छ ।
पदाधिकारी :-
१) संयाेजक :- श्री कृष्ण अधिकारी – सुर्यगढि
२)सचिब:-जनक धिताल- बिदुर
३)उपसचिव:- रुपेश कार्की – पन्चकन्या
४) उपसचिव :-बिराज बिश्वकर्मा- सुर्यगढि
५)उपसचिव :-निरज थापा -शिबपुरी रहेका छन् ।