नुवाकोट, २१ चैत । नुवाकोटमा सत्ता गठबन्धन दलको पालिका प्रमुखहरुको बैठक चैत २१ गते सोमबार बस्ने भएको छ ।
आइतबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको गठबन्धन दलको जिल्ला प्रमुखहरुको बैठकले भोलि पालिका प्रमुखहरुको बैठक बस्ने निर्णय गरेको हो ।
आइतबार बसेको बैठकले आगामी वैशाख ३० गते नुवाकोट जिल्लाका १२ गाउँ/नगर पालिकामा हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा गठवन्धन दलको पालिका प्रमुखहरुको बैठक मिति २०७८ चैत्र २१ गते वसी वडा र स्थानीय तहको गठवन्धन सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थिति बारे वृहत छलफल गरी सत्ता गठवन्धन दलको संयुक्त प्रतिवेदन २०७८ चैत्र २३ गते भित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।
साथै गाउँ/नगरपालिकाको गठवन्धन दलको प्रथम बैठक नेपाली कांग्रेसको सभापतिको संयोजकत्वमा गठबन्धन दलका प्रमुखहरु सदस्य रहने गरी बस्ने र तत्पश्चातको बैठक गठवन्धन दलका प्रमुखहरुको आलोपालो संयोजकत्व रहने गरी बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
