काठमाडौं, २४ चैत । स्थानिय निर्वाचनको मुखमा नेकपा एमालेप्रति आकर्षण बढेको छ । नुवाकोटमा पनि ४ दलिय गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै चुनावी सामनाको तयारीमा रहेको छ । नेपाली कांग्रेस नुवाकोटका पुर्व उपसभापती यमबहादुर थापा आज एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस नुवाकोटका पुर्ब जिल्ला उपसभापति तथा साविक भद्रुटार गाबिसका निर्वाचित अध्यक्ष, पंचकन्या –५ निवासी यम बहादुर थापा बिहीबार विहान एमाले प्रवेश गरेका हुन् । थापालाई एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले स्वागत गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा पंचकन्या–१ निवासी भगवान पौडेल पनि थापासंगै एमाले प्रवेश गरेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए ।