• २५ माघ २०७९, बुधबार

बहुमत गठबन्धनको पक्षमा : प्रवक्ता महत

धनगढी- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले बताए ।

प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए ।

उनले भने, ‘अहिले देश एउटा सही बाटोमा उन्मुख छ ।’





प्रतिक्रिया दिनुहोस्