• १८ माघ २०७९, बुधबार

रविन्द्र मिश्र संग खोसेर पार्टी जोगायौँ : अध्यक्ष बास्कोटा

नुवाकोट- विवेकशील साझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले आफूहरुले रविन्द्र मिश्र संग खोसेर पार्टी जोगाएको बताउनु भएको छ । शनिवार नुवाकोटमा आयोजित पार्टीका नेता कार्यकर्ता बिचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोेधन गर्दै उहाँले रविन्द्र मिश्रले पार्टीलाई राप्रपा संग एकिकरण गर्न लागेको कुरा बाहिरिए संगै हामिले त्यसको विरुद्ध ठूलो संघर्ष गरेर पार्टी जोगाएको बताउनुभयो ।

नेता कार्यकर्ताहरुलाई रविन्द्र मिश्रले मलाई अध्यक्ष बनाएको भन्ने लागेता पनि वास्तविकता त्यसो नभई पार्टी जोगाउन र नेतृत्व गर्न आफूले आन्तरिक रुपमा ठूलो संघर्ष गर्नु परेको बताउनु भयो ।

आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले आगामी दिनमा पार्टीलाई ससक्त र मजवुद बनाउन केन्द्रिय कमिटि संगै जिल्ला स्तरका नेता कार्यकर्ता पनि एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेता कार्यकर्ताको समस्या तथा गुनासाहरु सुन्दै त्यसको समाधानको लागि आफू प्रत्येक जिल्लामा पुग्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय प्रवक्ता प्रकाश चन्द्र परियार, समानुपातिक उमेदवार केन्द्रीय सदस्य सुरज प्रधान ,बिमला अधिकारी घिमिरे एवम् शिर्ष नेता सुर्य दिप रेग्मी , दामोदर नेपाल बारु खड्का , जिल्ला संयोजक दामोदर नेपाल, जिल्ला सचिव आरके गौरव रिमाल, सदस्यहरु पूर्णमान कुमार श्रेष्ठ, प्रेम वस्ती, कृष्ण बहादुर खड्का लगाएतको उपस्थीति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्