नुवाकोट- नुवाकोट क्षेत्र नं २ को सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले जनताको सर्वोच्वता जोगाउनको लागि गठबन्धन गरेको बताएका छन् । आईतवार चुनावी प्रचारप्रसारको क्रममा तारकेश्वर गाउँपालिका पुगेका नेता केसीले कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
लोकतन्त्र र संविधानको रक्षा संगै देश विकाशको लागि पनि गठबन्धन अपरिहार्य रहेको नेता केसीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू गठबन्धनको साझाँ उम्मेदवार भएकोले भोलिका दिनमा पनि साझा नै भएर काम गर्ने बताए । विकास निर्माणका कार्यमा सबै एक जुट भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
हरेक विपत्ति र संकटमा आफूले सक्ने सहयोग लिएर उपस्थीत हुने गरेको बताउदैँ मतलाई मनमा परिवर्तन गरेर आफू र गठबन्धनका उम्मेदवार मतदान गर्न नेता केसीले आग्रह गरे ।