नुवाकोट- आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको हित विपरित कार्य गर्ने जो कोहिलाई पनि नुवाकोट कांग्रेसले कारबाहि गर्ने भएको छ । सोमवार विदुर स्थीत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
कार्यबहाक सभापति राजु थापाद्धारा जारी गरिएको विज्ञप्तीमा पार्टीको तर्फबाट र गठबन्धनको तर्फको साझा उम्मेदवारका बारेमा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न र कुनै पनि प्रतिस्पर्धी उम्मेदवार वा दलको पक्षमा अभिव्यक्ति नदिन सम्पूर्णमा आग्रह गरेको छ । साथै पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले केकस्ता कार्य गरिरहेको छ निगरानी गर्न र निर्वाचन पश्चात सोको जानकारी जिल्ला कार्य समितिमा लेखि पठाउन समेत आग्रह गरिएको छ ।