विदुर- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं १ प्रदेश क मा सत्ता गठबन्धको साभा उम्मेदवारको रुपमा राधिका तामाङको उम्मेदवारी रहेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित तामाङको पाँच वर्षिय कार्यकाल बागमती प्रदेश सभाको उप सभामुखको महत्वपूर्ण भुमिकामा बित्यो ।
उप सभामुख संगै समग्र नुवाकोट र क्षेत्र नम्बर १ को प्रदेश क को विकाशमा तामाङले धेरै कार्यहरु गर्नु भएको छ । त्यस्ता कार्यहरु यस प्रकार छन् :
“भौतिक पूर्वाधारमा ध्यान, मानव विकास र आर्थिक समृद्धिमा जोड” भन्ने नाराका साथ उहाँको पहलमा प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ देखि समुन्द्रदेवी, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको गुर्जेभञ्ज्याङ देखि समुन्द्रदेवीसम्म ८ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे सम्पन्न भएको छ । बाँकी सडकखण्ड समुन्द्रदेवी देखि मानेभञ्ज्याङसम्मको लागि ७२ करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत भई निर्माण प्रक्रियामा रहेको छ ।
यस्तै, राधिका तामाङकै पहलमा प्रादेशिक रणनीतिक सडक शिवपुरी ढलानघर, पञ्चकन्याको कुण्डला, घलेभञ्ज्याङ, कुलकुले भ्याङले हुँदै दुप्चेश्वरको समुन्द्रटार सडक ४० करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत भई निर्माणाधीन अवस्थामा रहेको छ ।
यसैगरी, राधिका तामाङकै पहलमा रणनीतिक सडक टोखा, गुर्जेभञ्ज्याङ, छहरेसम्मको अधिकांश खण्ड कालोपत्रे र ढलान सम्पन्न भएको, केही खण्ड निर्माण प्रक्रियामा र शिवपुरी कृषि चक्रपथ निर्माण प्रक्रियामा रहेको छ ।
शिवपुरीको वडा नम्बर १ र वडा नम्बर ३ जोडने शिवालय पुल, शिवपुरी १ मा ज्यामिरे खोला पुल, तादी खोला भ्याङले पुल गरी तीनवटा पक्की पुलहरु निर्माण सम्पन्न भैसकेको छ ।
उहाँकै पहलमा शिवपुरीको वडा नम्बर २ को लप्कालुङ खोला पक्की पुल, दुप्चेश्वरको वडा नम्बर ५ र ६ जोडने चन्द्रवती खोला पक्की पुल, तादीको वडा नमबर १ र ३ जोडने दोर्खु खोला पुल, शिवपुरीको वडा नम्बर ६ र पञ्चकन्या जोडने शिवालय पुलहरु निर्माणको प्रक्रियामा रहेका छन् । त्यसैगरी, शिवपुरीको वडा नम्बर ३ को कात्तिके खोला पुल, शिवपुरी १ को मिश्री खोला पुल, बिनडाँडा खोला पुल लगायत केही पक्की पुलहरुलाई डिपिआरको लागि बजेट व्यवस्था भई कार्यन्वयनको प्रक्रियामा रहेका छन् ।
यसैगरी राधिका तामाङकै प्रतक्ष्य पहलमा सहरे बेशीकसेरी जोडने झोलुङ्गेपुल।, बैसाङ खोला झोलुङ्गेपुल दुप्चेश्वरको वडा नम्बर ४, पञ्चकन्या १ र लिखु ६ जोडने आपचौर झोलुङ्गेपुल, तादीको वडा नम्बर ४ र पञ्चकन्या ४ जोडने झोलुङ्गेपुल र दुप्चेश्वरको मुसाङ खोला झोलुङ्गेपुल निर्माण सम्पन्न भैसकेको छ ।
करीब ५ करोड रुपैयाँको लागतमा शिवपुरीको वडा नम्बर ६ स्थित घ्याम्पेश्वरीमा सहिद स्मृति रंगशाला निर्माण, शिवपुरी र तादी गाउँपालिकामा मिनी कोल्ड स्टोर निर्माण, शिवपुरीको वडा नम्बर ६ चापाबोटमा करीब पाँच करोड रुपैयाँको लगानीमा तामाङ साँस्कृतिक संग्राहलय बहुवर्षिय योजना स्वीकृत भई निर्माणधीन अवस्थामा रहेको छ ।
यसैगरी, ५ करोड रुपैयाँको लागतमा ककनी, सुइरेचौर, चिसापानी, कुटुमसाङ र ४ करोड रुपैयाँको लागतमा कुटुमसाङदेखि ठाडेपाटी, गोसाईंकण्ड पदमार्गको ठाडेपाटीसम्म पदमार्ग निर्माण सम्पन्न भैसकको छ ।
यसैगरी, राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुप्चेश्वर गाउँपालिकामा जटील सुत्केरीका लागि हवाई उद्धार सेवा सञ्चालन गर्नुका साथै विदुर नरपालिकाकामा पोष्टबहादुर बहुप्राविधक शिक्षालयको स्थापना र शिवपुरीको सिक्रेमा कृषि प्राविधिक शिक्षा संचालनमा ल्याउनको लागी राधिका तामाङको प्रतक्ष्य संलग्नता रहेको छ ।
नुवाकोटको बृहत्तर विकासको लागी अझै थुप्रै कामहरु गर्न बाँकी रहेकोले आफ्नो उम्मेदवारीका साथ राधिका तामाङको आगामी योजनाहरु निम्न रहेका छन् ।
आगामी योजना :

-प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको बाँकी खण्ड मानेभञ्ज्याङदेखि राउतबेशी, समुन्द्रटारसम्म निर्माण गर्ने ।
-प्रादेशिक रणनीतिक सडक ढलानघर, कुण्डला, घलेभञ्ज्याङ, भ्याङले सडकको सुरुको खण्ड ढलानघर, स्याल्पिङ खोला, शिवालय सडकको स्तरोन्नती र कालोपत्रे गर्ने ।
-प्रादेशिक रणनीतिक सडक सुन्दरीजल, चिसापानी, गोल्फुभञ्ज्याङ, कुटुमसाङ, गोसाईंकुण्ड मार्ग निर्माण गर्ने ।
-दुप्चेश्वरको समुन्द्रटार देखि घ्याङफेदी सडक, समुन्द्रटार, राउतबेशी, झगरे, गोल्फुभञ्ज्याङ सडक शिवपुरीको आइतरामपाटी, छाप, तलाखु सडक, रोल्चे, मानेडाडा, बोर्लाङभूमि स्कूल हुँदै शिवालय, गोल्फुभञ्ज्याङ सडक, पाटीभञ्ज्याङ, खोलेखर्क, कालोभञ्ज्याङ, बेतीनी सडक, तादी गाउँपालिकाको खरानीटार, टुटुङगा, उर्लेनी सडक, फेदीबेशी, गणेशथान पौवाथोक, लच्याङ सडक, जिरोकिलोबाट डाडापाटो हुँदै लच्याङ, उर्लेनी सडक, सातबिसे बागमारा सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने ।
-सुइरेचौर, घ्याङस्वारा, बागमारा, रान्चेभूमेमा पर्यटन पार्क निर्माण गर्ने।
-दुर्लभ बन्यजन्तु रेडपाण्ड संरक्षण गरी पाण्डा पार्क रलालिगुरास पार्क निर्माण गरी पर्यटन प्रबद्र्धन गर्ने ।
-दुुप्चेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकासमार्फत धार्मिक पर्यटन प्रबद्र्धन गर्ने ।
-सामुदायिक र सांस्कृतिक घारवास कार्यक्रम संचालनमा जोड गर्ने ।
-समुन्द्राफिनी धान र असला माछाको व्यावसायिक प्रबद्र्धनका लागि विशेष पहल गर्ने ।
-कृषिको व्यावसायिक उत्पादन्, बजारीकरण र प्रशोधनमा योजनाबद्ध पहल गर्ने ।
-रैथाने बाली प्रबद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणको व्यवस्था गरी ग्रमीण अर्थतन्त्रलाई प्रभावकारी बनाउने साथै युवा स्वरोजगारको लागि विशेष व्यवस्था गर्न पहल गर्ने ।
-कृषि तथा प्राविधिक शिक्षाका लागि आंगिक कलेजको व्यवस्था गर्ने, आंगिक नभएको अवस्थामा सम्बन्धन लिई प्राविधिक कार्यक्रम संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड गर्ने ।
-क्षेत्रीय अस्पताल र सबै पालिकास्तरीय अस्पताललाई दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउने ।
-स्वास्थ्य र शिक्षालाई नागरिकको पहूँचमा पु¥याई गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड गर्ने ।
-मातृभाषामा शिक्षाको व्यवस्था र वाग्मती प्रदेशकमा नेपाली भाषासंगै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा कार्यन्वयन गर्न पहल गर्ने ।
-महिलालाई सीप विकासमार्फत आर्थिक आत्मनिर्भर बनाउने साथै हरेक निकायमा समानुपातिक सहभागिताको व्यवस्था गर्ने । छोरी–बुहारी शिक्षा कार्यक्रम लगाएत आगामी योजना रहेका छन् ।