विदुर- नुवाकोट क्षेत्र नं १ का गठबन्धन तर्फको साझा उम्मेदवार माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री हित बहादुर तामाङले नेकपा एमालेले नेकपा माओवादी केन्द्रको ईमान्दारीता माथि धोका दिएको बताएका छन् । मंगलवार सुर्यगढी गाउँपालिका वडा नं १ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले उक्त कुरा बताएका हुन् ।
२०७४ को निर्वाचनमा संविधानको रक्षा र कार्यान्वयनका लागि एमाले र माओवादी बिच बाम गठबन्धन गरेर पार्टी एकताको कार्य समेत गर्दा एमाले अध्यक्ष केपी ओलीले हाम्रो पार्टीको ईमान्दारीताको फाईदा उठाएर आफू खुसि असंवैधानि कार्य गरेकाले बाम एकता तोडेको बताए । त्यस पश्चात संविधानको रक्षा र सहि कार्यान्वयनका लागि बाम लोकतान्त्रिक गठबन्धन आवश्यक परेको उनले बताए । एमाले कम्युनिष्टको नाममा कलंक भएको समेत नेता तामाङले बताएका छन् ।
मंसिर ४ को निर्वाचनमा दुवै क्षेत्र र प्रदेशका गठकन्धनका उम्मेदवारलाई भित्रि मन देखि नै सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको नेता तामाङले बताए । कांग्रेसलाई माओवादी र माओवादीले कांग्रेसलाई भोट हाल्दैन भन्ने गलत हल्ला फैलाउने काम एमालेले गर्दै छ । त्यस्ता गलत हल्लाको पछी नलाग्न समेत उनले आग्रह गरेका छन् ।