• २५ पुष २०८१, बिहीबार

विदुर र बेलकोटगढी नगरपालिकाको बिचमा औद्योगिक ग्राम स्थापना गर्ने नेता केसीको प्रण

विदुर- विदुर र बेलकोटगढी नगरपालिकाको बिचमा औद्योगिक ग्राम निर्माण गर्ने नुवाकोट क्षेत्र नं २ को गठबन्धनका साझा उम्मेदवार एवम् नेपाली नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् । सोमवार बेलकोटगढी नगरपालिका वडा नं ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले उक्त कुरा बताएका हुन् ।

मानिसको जीविकोपार्जन र आर्थिक विकासको लागि औद्योगिक क्षेत्रको विकाश गर्नु पर्ने कुरालाई जोड दिदैँ नेता केसीले आफू निर्वाचित भएर गए पछी औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिने प्रण गरेका हुन् । आफू संसदमा प्रवेश गरेको दिन देखि नै उक्त कार्यको योजना अगाडी बढाउने समेत बताए ।

कार्यक्रममा क्षेत्र नं २ प्रदेश १ र २ को गठबन्धनका साझा उम्मेदवार राम प्रसाद ढुंगाना, बहादुर सिंह लामा, कार्यक्रमका विशेष वक्ता कांग्रेस नेता एवम् अर्थविद स्वर्णिम वाग्ले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थीति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्