विदुर- नुवाकोटमा कांग्रेस नेता बहादुरसिंह लामाको चुनावी माहोल तातेको छ । जिल्लामा पछिल्लो समय विकास प्रेमि नेताको छवि बनाएका लामाले आफुले जिल्लामा गरेको कामलाई चुनावी ऐजेण्डा बनाएका थिए । विगतमा गरेका काम र आगामी योजना बोकेर मतदाताको घरदैलोमा पुगिरहेका लामाको पक्षमा जनलहर देखिएको छ ।
लामाको पक्षमा देखिएको जनलहरले उनका प्रतिस्पर्धीको निद हराम गराएको छ । ‘जताततै बहादुर दाईकै पक्षमा जनलहर छ । उहाँको चुनावी माहोल देखेर विपक्षीहरु हारको मानसिकतामा पुगिसकेका छन् ।’ कांग्रेसका एक नेताले भने, ‘उहाँसँग कसैको प्रतिस्पर्धा नै हुँदैन । भोट खसाल्न मात्रै बाँकी हो चुनाव त उहाँले जितिसक्नुभयो ।’ सांसद निर्वाचित भएपछि लामाले नुवाकोटमा थुप्रै विकासे योजना भित्र्याएका छन् । लामाको विकासप्रतिको लगावका कारण उनी जनस्तरमा प्रिय नेताका रुपमा स्थापित छन् ।
त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पुल, सिर्खाली पुल, ढोडबेसी–बुधसिं पुल, तुप्चे–भैंसे पुल, बुङताङ –ब्रामनचेत पुल, पहरेखोप–बगुवा पुल, मनकामना–फिकुरी –काहुले –भाल्चे – साल्मे सडक कालोपत्रे, खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका सडक, हात्तिगौंडा राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ सडक, कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे, सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पु¥याउने काम लामाको पहलमा भएका महत्वपूर्ण काम मानिन्छन् ।
नुवाकोटको पूर्वाधार विकासका क्षेत्रमा लामाको योगदान बढी छ । आफ्नो कार्यकालमा अहिलेसम्मकै सबैभन्दा बढी विकास बजेट आफ्नो निर्वाचित क्षेत्रमा ल्याउन सफल भएका लामाले सुरु गरेको विकास अभियानलाई सार्थक रुप दिन पनि आफु फेरि उम्मेदवार बनेको लामाले बताए ।
मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोट– २ प्रदेशसभा ख बाट प्रदेशसभा सदस्यमा लामाले उम्मेदवारी दिएका छन् ।
लामाले नुवाकोटको समृद्धि र विकासका लागि दिर्घकालिन महत्व राख्ने योजनाहरु अघि सारेका छन् ।