विदुर- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर–२ मा मतगणना सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही बेरअघि मतगणना सुरु गरिएको हो ।
यो क्षेत्रबाट सत्ता गठबन्धनका साझा उमेदवार एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)का तर्फबाट नारायणप्रसाद खतिवडा उमेदवार छन् । खतिवडा निवर्तमान सांसद समेत हुन् ।
यहाँ केसी र खतिवडासहित कुल ११ उमेदवार चुनावी मैदानमा छन् ।