विदुर- एउटा मात्रै प्रतिनिधि सभा रहेको रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले १० हजारको मतान्तरसहित विजयी विजयी भएका छन् ।
केहीबेरअघि सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार आचार्यले १८ हजार २ सय ३५ मतसहित जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका छेवाङमा तामाङले ८ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी यता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५ मत प्राप्त गरेका छन् ।
रसुवामा कुल २८ हजार ३ सय २ मत खसेको थियो । जसमा २७ हजार ४ सय २७ मत सदर भएको छ भने ७८४ मत बदर भएको छ ।
यसअघि पनि रसुवाबाट आचार्यले जित हासिल गरेका थिए ।