• २५ माघ २०७९, बुधबार

नुवाकोट २ प्रदेश १ मा माओवादीका ढुंगाना एमालेका पाण्डे संग ४४८ मत अन्तरले विजयी

विदुर- नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् । उनले एमालेका केशवराज पाण्डेलाई ४४८ मतले हराएका हुन् । यसको आधिकारिक घोषणा हुने भने बाकी छ ।

बिहीवार बिहान (११ः३० बजे) सार्वजनिक भएको मत परिणाम अनुसार ढुङ्गानाले १२ हजार ११० मत पाएका छन् भने पाण्डेको मत ११ हजार ६६२ रहेको छ । यस क्षेत्रमा बेलकोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १० र ११ रहेको छ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको प्रदेश निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका गीता अमात्यको समेत उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिने समय गुजारेर पछि फेसबुकमा उम्मेदवारी फिर्ता लिएका अमात्यले ४ हजार मत पाएकी छिन् ।

मंसीर ५ गतेदेखि जारी रहेको मतगणनाको नुवाकोटमा आएको यो पहिलो नतिजा हो ।





प्रतिक्रिया दिनुहोस्