• २५ माघ २०७९, बुधबार

फराकिलो मतअन्तरसहित नुवाकोट २ मा अर्जुननरसिंह केसीको जीत सुनिश्चित

विदुर- नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी लगातार अग्रता लिइरहेका छन्। यो समाचार तयार गर्दा केसी २२ हजार सात सय ४८ मतसहित अघि छन्।

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १३ हजार २ सय ५४ मतसहित केसीलाई पछ्याइरहेका छन्। केसी अहिलेसम्म ९ हजार ४ सय ९४ मतान्तरले अघि छन् । मतगणना जारी रहेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ११ हजार ९ सय ३८ मत ल्याएका छन् । यहाँ १३ हजार बढी मत गणना गर्न बाँकी नै छ।





प्रतिक्रिया दिनुहोस्