विदुर- नुवाकोटको क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता हित बहादुर तामाङले अग्रता लिएका छन् । यो समाचार तयार गर्दा तामाङले २० हजार ८ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका बद्री मैनालीले २० हजार १ सय १६ मत प्राप्त गरेका छन् । तामाङले ७ सय २० मत सहित मैनाली भन्दा अगाडी छन् । त्यस्तै स्वतन्त्र पार्टीका प्रधुम्न महतले ५ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् भने राप्रपाका सुर्दशन सिटौलाले १ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।