विदुर– नुवाकोटमा सत्ता गठबन्धनले क्लिनस्विप गरेको छ। चार प्रदेशसभा तथा दुई प्रतिनिधिसभाको सबै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्।
सदरमुकाम विदुर समेटिएको नुवाकोटको प्रतिनिधिसभा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। केसीले २८ हजार १ सय ७ मत प्राप्त गर्दै विजयी भएका हुन। केसीका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले १६ हजार चारसय ७७ मत पाएका छन्। २०७४ को निर्वाचनमा केसीलाई १० हजार ५ य ५७ मतले पराजित गरेको नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले यस निर्वाचनमा केसीभन्दा झण्डै आधा कम १५ हजार ५ सय ६१ मत पाएका छन्।
राप्रपाका झनकबहादुर प्याकुरेलले १ हजार ५ सय ७१ मत पाएका छन्। केसीको राजनीतिक अवधिमा यो पाँचौ विजय हो। उनी २०३८ सालमा सूर्यबहादुर थापा सरकारको स्वास्थ्य राज्यमन्त्री भए। उनी २०३८, २०४८, २०५१, २०७० र २०७९ को निर्वाचनमा विजयी भए। प्रतिनिधिसभा सदस्यमा विजय भएपछि केसीले संविधान, गणतन्त्र तथा देशको रक्षाका लागि आफ्नो अभियान जारी रहने बताए। उनले जनताको मागमा आधारित कार्य गर्नेसमेत प्रतिवद्धता दोहो¥याए।
नुवाकोट २ को प्रदेशसभा ख मासमेत सत्ताारुढ दलकै उम्मेदवार कांग्रेसका बहादुरसिंह तामाङ विजयी भएका छन्। उता प्रदेशसभामा सत्ताारुढ दलका तर्फबाट कांग्रेसका उम्मेदवार लामाले १७ हजार २ सय ४९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका विजयसिंह तामाङले ९ हजार १ सय २४ मत पाए। राप्रपाका रणप्रसाद न्यौपानेले २ हजार ६ सय ६५ मत पाए।
नुवाकोट १ (क) मा समेत सत्ताारुढ गठबन्धनकै उम्मेदवार राधिका तामाङ दोस्रोपटक विजयी भएकी छन्। उता प्रदेशमा माओवादी केन्द्रकी तामाङ १६ हजार १ सय ६९ मतका साथ विजय प्राप्त गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५७ मत पाएका छन्। राप्रपाका रामु पण्डितले १ हजार ५ सय ९ मत पाएका छन्।