• २३ आश्विन २०८१, बुधबार

नुवाकोटको समानुपातिक मतमा काँग्रेस पहिलो

विदुर- नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काग्रेसलले धेरै मत ल्याएको छ । नेपाली काँग्रेसले नुवाकोटमा प्रतिनिधिसभा तर्फ ३५ हजार ८ सय ३६ मत ल्याएको छ भने प्रदेससभातर्फ ३६ हजार ३ सय ३७ मत ल्याएको छ । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले दोश्रो स्थानमा मत पाएको छ । नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ३१ हजार ५ सय १५ मत ल्याएको छ भने प्रदेससभातर्फ ३६ हजार २ सय ५० मत ल्याएको छ । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले तेश्रो स्थानमा मत पाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ २५ हजार ५ सय ६१ मत ल्याएको छ भने प्रदेससभातर्फ २९ हजार ६ सय ९२ मत ल्याएको छ । 

यसैगरी, नुवाकोटबाट समानुपातिकमा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २ सय ८३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभामा भने उम्मेदवारी गरेको थिएन । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौ स्थानमा मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा तर्फ ८ हजार ४ सय ५३ मत ल्याएको छ भने प्रदेससभातर्फ १० हजार १ सय ७३ मत ल्याएको छ । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एकिकृत समाजवादी पार्टीले छैटौै स्थानमा मत पाएको छ । एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभा तर्फ ९ सय ५८ मत मात्र ल्याएको छ भने प्रदेससभातर्फ १ हजार ५ सय ३८ मत ल्याएको छ ।





प्रतिक्रिया दिनुहोस्