विदुर- नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका कांग्रेस नेता अर्जुन नरसिंह के सीले जिल्ला स्थित राष्ट्र सेबक कर्मचारीहरू संग यहाँका समस्याहरूको बारे छलफल तथा आवश्यक निर्देशन दिएका छन् ।
नेता केसीका स्वकिय सचिव सरोज केसीका अनुसार मंगलवार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नेता केसीले यस्ता निर्देशन दिएका छन् :
-नागरिकता प्राप्त गर्न जिल्ला प्रशासन कार्यालयले दिएको सास्ति लाई हटाई नियमसम्मत तर सहज व्यवस्था गर्ने,
– राष्ट्रिय परिचयपत्रको लागी महिनौं पालो कुर्नुपर्ने झण्झट हटाउन के कसरी सहज वनाएर नागरिकलाई सोही दिन परिचय पत्र प्राप्त गर्ने प्रवन्ध गर्न सकिन्छ ?
-प्रमुख प्रशासकिय अधिकृतलाई प्रजिअले अधिकार प्रत्यायोजन गरी सम्वन्धित पालिकावाटै परिचयपत्र भर्ने व्यवस्था गर्न सहज असहज के होलार ?
-मुआव्जा विवादका कारण स्तरोन्नति रोकियको गंगटे ढुगें सडकमा भएको खाडलका कारण दुर्घटना वढ्दो छ ।
-खाल्डाखुल्डी तुरुन्त आयोजना वा नगरपालिका कसले पुर्ने हो एकिन गरी तुरुन्त पुर्ने प्रवन्ध गर्नुपर्ने ।
-कृषक लाई मल अभावको कारण खेतिवाली लगाउन भएको समस्या ,कसले कुन तहले कसरी कृषकलाई मल सहज वितरण गर्ने हो छलफल गरेर कार्यालयले सम्वन्धित ठाउँमा माग गरेर जानकारी गराउँ ,मैले मेरो ठाउँवाट कता कसलाई भन्नुपर्ने हो ,तयारी गरौं ।
-त्रिशुली अस्पतालमा सामान्य उपचार पनि नगरी राजधानि रिफर गरियको गुनासो उपचार गराउन गएका विभिन्न व्यक्ति वाट आएको सन्दर्भमा कुन विषय ,के कति चिकित्सक रिक्त रहेको वा ,भएर काम नगरेको वा के हो ?
-शान्ति सुरक्षा , सुशासन ,र अधिकतम जनताको सेवाको लागी सवै कार्यालय जनतामैत्री वन्नुपर्ने ,
कार्यालयको सेवा प्रवह सम्वन्धी जनगुनासो नआउन अधिकतम प्रयत्न गर्ने ।
-अलपत्ररूपमा रहेको रानिपौवा पिपलटार सडक यथासिग्र समस्याको पहिचान गरी संबन्धित निकायमा बिषेश पहल गर्ने।