विदुर- नेपाली काङ्रेसको केन्द्रिय सदस्य तथा नुवाकोट प्रतिनिधि सभा २ नम्बर संघीय साम्सद अर्जुन नर्सिङ केसि ले नियम बिपरित भैइरहेको नदि तथा प्राकृतिक सम्पदाको दोहनलाई कडाइको साथ रोक्न पहल गर्ने र रोक्न पर्ने बताउनु भएको छ ।
बिदुर नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता केसिले उक्त कुरा बताउनु भएको हो।कार्यक्रममा बोल्दै केसिले बिदुर नगरपालिकामा औधोगिक ग्राम स्थापना गर्ने,नगरपालिकाको हरेक समस्या समाधन गर्न तयार रहेको बताउनुभएको छ।साथै गल्छी स्याफ्रु सडक अन्तर्गत पर्ने सडक क्षेत्रको पीडित हरुलाई क्षतिपूर्ती दिलाउन आफू लागिपर्ने बताउनु भएको छ।
उक्त कार्यक्रममा प्रदेश साम्सद रामप्रसाद ढुंगाना ले नगरको बिकासमा आफू लागिपर्ने बताउनु भएको छ। कार्यक्रम नगर प्रमुख राजन श्रेष्ठको सभापतित्व र उपप्रमुख प्रभा बोगटीले स्वागत गर्नु भएको थियो।