• २० जेष्ठ २०८३, बुधबार

नुवाकोटमा साढे ६ हजार मत बदर

विदुर- जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा साढे छ हजार मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ हजार ६ सय ८० मत मत बदर भएको छ ।

बढी बदर निर्वाचन क्षेत्र नं. १ मा ६० हजार २१ मत सदर भएकोमा ३ हजार ५ सय ६५ मत बदर देखिएको छ भने र निर्वाचन क्षेत्र नं.२ मा ६३ हजार ४ मत सदर भएकोमा ३ हजार १ सय १५ मत बदर भएको छ । प्रतिशतका हिसाबले ५ दशमलव १५ मत बदर भएको छ ।

नुवाकोटका १ सय ३२ मतदानस्थल र स्थायी तथा अस्थायी गरी २ सय ९० मतदान केन्द्र छन् । जिल्लाको कुल मतदाता संख्या २ लाख ३९ हजार ७ सय २६ रहेको छ । त्यसमध्ये १ लाख २९ हजार ७ सय ५ जनाले मात्र मतदान गरेको तथ्यांक छ । नुवाकोटमा यसपटक ५४ दशमलव १० प्रतिशतले मात्र मत मतदान गरेका छन् ।

कुल मतदाता संख्या र मत खसालेको संख्या घटाउँदा १ लाख १० हजार २१ आउँछ । यही मंसिर ४ गतेको निर्वाचनमा झण्डै सवा १ लाख मतदाताले निर्वाचनमा भाग लिएका छैनन् ।





प्रतिक्रिया दिनुहोस्