विदुर- नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिराम भण्डारीले विशेष अदालतबाट सफाई पाएका छन् । निर्वाचित भए पश्चात उनमाथि विद्यालयको रकम हिनामिना गरेको भन्दै अदालतमा मुद्धा परेको थियो ।
भष्ट्राचारको मुद्धामा भण्डारीसँगै शिक्षक केशव वस्नेत र विनि कुमार तिम्सिनालाई अदालतले सफाई दिएको छ । यससँगै विदुर ९ को वडाध्यक्षमा भण्डारीको पुर्नवहाली भएको छ ।