• २० जेष्ठ २०८३, बुधबार

मुख्यमन्त्रीमा राधिका तामाङको दाबी

नुवाकोट- बागमती प्रदेश सभाको निर्वतमान उपसभामुख समेत रहनुभएको राधिका तामाङ केन्द्रको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको अनुभवी र क्षमता भएकोले मुख्यमन्त्रीमा दाबी रहेको छ । नुवाकोट क्षेत्र १ (१) बाट लगातार दुई पटक निर्वाचित राधिका तामाङलाई माओवादीभित्र र अन्य पार्टीमा समेत आगामी सभामुखको रुपमा चर्चा गर्ने गरिएको पाइन्छ ।

नुवाकोटको प्रथम महिला मन्त्री रुपमा तामाङले कृषि राज्यमन्त्रीको पद पनि सफलता पूर्वक निर्वाह गर्नुभयो । त्यस्तै तामाङ २०६१ सालमा माओवादीको जनसरकार प्रमुख भएर समेत काम गरिसक्नु भएको छ । उहाँको चाहना र पार्टीको जिम्मेवारी बहन गर्दै गरेका कामको आधारमा पनि तामाङको मुख्यमन्त्रीमा दाबी रहनु स्वभाविक हो ।

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय रहदैँ आउनुभएका तामाङको राजनैतिक जीवन संर्घषशील रहेको छ । नुवाकोटको राजनीतिमा तामाङ समुदायलाई प्रतिनिधित्व गर्दै त्यसमा पनि महिला भएकै कारण राजनीतिक जीवन चुनौतिपूर्ण रहेने नै भयो । संघर्ष संगै पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै नुवाकोटको विकाशमा सक्रिय सहभागिता रहेको छ । प्रदेशमा महिला नेतृत्व आवश्यक रहेको छ आफूले त्यस जिम्मेवारीलाई स्वीकार गर्ने भन्दै उहाँको मुख्यमन्त्रीमा दाबी रहेको छ ।





प्रतिक्रिया दिनुहोस्