नुवाकोट- बागमती प्रदेशमा सात वटा राजनीति दलका सांसदहरुले प्रतिनिधित्व जनाउने भएका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माआवोवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदले प्रतिनिधित्व जनाउने भएका हुन् ।
२०७४ सालको निर्वाचनमा तेस्रो दलको रुपमा रहेको कांग्रेस यस पटकको प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ भने सबैभन्दा ठुलो दलको रुपमा रहेको एमाले यस पटक दोस्रो दल बनेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, नेकपा एकीकृत समाजवादी पाँचौं, नेमकिपा छैटौं र हाम्रो नेपाली पार्टी सातौं दल बनेको छ ।
कुल ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा २५ सिट जित्दा समानुपातिकबाट १२ सिट प्राप्त गर्दै ३७ जना सांसद पाएको छ भने एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ ।
यस्तै, प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ । एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ ।
उता राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ ५ सिट जित्दै १२ जना सांसद पाएको छ भने नेमकिपाले प्रत्यक्षबाट १ र समानुपातिकबाट २ गरी ३ जना सांसद पाएको छ । हाम्रो नेपाली पार्टीले प्रत्यक्ष र समानुपातिकबाट १÷१ जना गरी २ जना सांसद पाएको छ ।