काठमाण्डौँ- नेपाली कांग्रेसका नेता एवम् नुवाकोट क्षेत्र नं २ का निर्वाचित सासंद अर्जुन नरसिंह के सि ले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली संग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेता केसी ले चुच्ने नक्सा अनुसारको नेपालको गुमेका भूमि फिर्ता ल्याउन सबै दल एकजुट भएर भारत संग बार्ता गर्नुपर्नेमा जोड दिए ।
समसामयिक राजनितिक घटनाक्रम वारे छलफल ,जनजिविकाका सवालमा उठेका आवाजहरु सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्वता सँगै नयाँ सरकार गठन ,अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरु विच एकता र सहकार्य खाँचो रहेको भन्दै एमाले अध्यक्ष ओलीको निमन्त्रणा लाई स्वीकार गर्दै नेता केसी आइतवार साझँ बालकोट पुगेका थिए ।
करिब २ घण्टाको भेटमा ओली र केसी बिच द्वन्दकालिन मुद्दाहरु किनारा लगाउने सहमति, भ्रष्ट्रचार विरुद्व एक भई लड्ने प्रतिवद्वता ,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेको सन्दर्भमा नेपालमा मुल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हनुपर्ने लगाएतका कुराकानी भएको नेता केसीका स्वकिय सचिव सरोज केसीले बताए ।