काठमाण्डौँ- पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्रि अर्जुन नरसिंह केसी बिच सिंहदरवामा भेटबार्ता भएको छ ।
निर्बाचन परिणामबारे एक अर्कामा खुशि तथा बधाई साटासाट, साथै नेता केसीले अध्यक्ष प्रचन्ड को जन्मदिन को शुभकामना समेत ब्यक्त गर्नुभएको नेता केसीका स्वकिय सचिव सरोज केसीले बताए । प्रचण्डले नुवाकोटमा सम्पुर्ण गठबन्धन दल बिजय गराएकोमा नेता केसी लाई बधाई तथा शुभकामना समेत दिनुभएको केसीले बताए ।
प्रचण्ड र केसी बिचको बिषेश भेटघाटमा यी बिषयमा भयो छलफल :
-गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समिक्षा ।
-बालाजु बाईपास-ककनि -रानिपैवा- त्रिशुलि अस्तवस्त रुपमा रहेको पुरानो पासङ ल्याम्मु राजमार्ग छिटोभन्दा छिटो बनाउने बिषय।
-कृषी प्रधान मुलुकमा रहेको रासायनिक मल र कृषि बिउबिजनमा कृषकले भोग्नु परेको बिकराल समस्या लाई मध्यनजर गरेर छिटो भन्दा छिटो समस्या को समाधान गर्ने बिषय।
-जनजिविकाका सवालमा निर्बाचनको बेला जनस्तरबमट उठेका आवाजहरु सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्वताका बिषय
-नयाँ सरकार गठन ,
-अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरु विच साझा अबधाधारणा तयगरि र सहकार्य गरि अणाडि बढ्ने बिषय।
-भ्रष्ट्रचारा विरुद्व एक भई लड्ने प्रतिवद्वता ,
-अन्तराष्ट्रिय वजारमा पेट्रोलियम पदार्थको मुल्य घटेको सन्दर्भमा नेपालमा मुल्य घटाउन सत्तापक्ष एउटै आवाज हनुपर्ने बिषय लगायत अन्य समसामयिक बिषयहरू