काठमाण्डौं- नेपालि काङग्रेसका नेता एवम नुवाकोट क्षेत्र न २ बाट नवनिर्वाचित संघिय सासद अर्जुन नरसिंह केसिले गठबन्धन दलका शिर्ष नेता संगको भेटवार्तालाई तिव्र बनाएका छन् । समसामहिक राजनीतिक परिस्थीति, जनताका समस्या, आवश्यकताका साथै अब बन्ने सरकारका विषयमा केन्द्रीत भएर राजनैतिक भेटवार्तामा नेता केसी व्यस्त रहेका छन् ।
गत आईतबार नेकपा ऐमालेका अध्यक्ष केपि शर्मा ओली संग भेटवार्ता गरेका केसीले त्यस संगै सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड), कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सग साझ पौडेल निवास बोहराटारमा भेटवार्ता गरेका छन् ।
त्यस्तै नेता केसीले मंगलवार साझ नेकपा एकिकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगि बधाई साटासाट गर्नुको साथै निर्वाचनमा गठबन्धन दलहरुको भुमिका र समिक्षा साथै राष्टिय राजनितिको बारे कुराकानि गरेका छन् ।
छलफलमा अध्यक्ष नेपाल र नेता केसिबिच करिब ४५ मिनेट नेपाल निवास कोटेश्वरमा समसामयिक राजनितिक परिस्थिति र शिष्टचार भेटघाट भएको नेता केसिका स्वकिय सचिव सरोज केसीले बताए ।