• २१ माघ २०७९, शनिबार

वागमती काँग्रेस संसदीय दलमा लामा विजयी

विदुर- नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।

इन्द्र बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे ।

प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए ।

उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।





प्रतिक्रिया दिनुहोस्