नुवाकोट– नेपाली काङ्ग्रेस नेता तथा नुवाकोट क्षेत्र नं. २ का सांसद अर्जुन नरसिंह केसीले आजको प्रतिनिधि सभाको सुन्ने समयलाई सम्बोधन गर्दै सरकारले सिसडोल-बन्चरेडाडा फोहोर प्रभावित क्षेत्रका नागरिकलाई शाेषण गर्दै आएको बताएका छन ।
५ बर्षको लागि भनेर लगिएको फोहोर १८ बर्ष भइसक्दा पनि सरकारले समस्या समाधानमा कुनै चासो नदिदा नुवाकोट र धादिङका नागरिक पीडित बन्दै आएको सांसद केसीले बताए । नागरिक पटकपटक आन्दोलनमा उत्रिदा सरकार र मन्त्रालयले समस्या समाधानका नाममा विभिन्न सम्झौता मात्र गर्ने गरेको र त्यसलाइ कुनै सम्बोधन नगर्दा पीडित नागरिक सडका आउनुपर्ने बाध्यता भएको समेत उनले बताए ।
यहि २४ गते देखि नुवाकोट र धादिङका प्रभावित नागरिकले २८ दिन लामो आन्दोलन घोषणा गरेर फोहोर निषेधित गर्न लागेकाले सरकाले समयमा नै वार्ता गरेर समस्या समाधान गर्न समेत सांसद केसीले अनुराेध गरेका छन् ।