• १७ बैशाख २०८१, सोमबार

तरुण सदस्यहरुको सक्रियतामा आफ्नै भवन बन्दै

काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो ।

राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ ।

राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो । आफ्नो कार्यालय भवन निर्माणका लागि दलले अरु कसैको सहयोगको अपेक्षा नगर्ने भएको छ । दलमा आवद्ध रहेका केन्द्रीय सदस्यहरुले आफूले सकेको आर्थिक सहयोग संकलन गरेर भवन निर्माण गर्ने निर्णय गरेको छ ।

आफ्नो भवन आफैले बनाउनु पर्छ भन्ने उदेश्यका साथ हामिले केन्द्रिय सदस्यहरुबाट मात्र आर्थिक सहयोग रकम संकन सुरु गरेको तरुण दलका प्रभावशालि केन्द्रिय सदस्य दिनेश लामाले बताए । उनका अनुसार, एउटा भवनको लागि हामिलाई पार्टीले नै सहयोग गर्न सक्थ्यो, विभिन्न दाताहरुले सहयोग गर्न सक्थ्यो तर हामिले त्यसो गरेनौँ । हाम्रो भवन हामि आफै बनाउनु पर्छ र बनाउन सक्छौँ भनेर हामिले जुन निर्णय गर्यौ त्यो नै तरुण दलको आत्मनिर्भता तर्फको यात्रा हो ।





प्रतिक्रिया दिनुहोस्