• ९ माघ २०८१, बुधबार

२४ गते वसन्तपुरमा सहभागि बनौँ : सांसद तामाङ

नुवाकोट- बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने कार्यक्रममा प्रदेशवासि सबैलाई उपस्थित हुन प्रदेश सांसद राधिका तामाङले अनुरोध गर्नु भएको छ ।

२४ गतेबाटै प्रदेश सरकार, निकाय, मातहतका कार्यालयका साइनबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिने कार्यको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहका बिच सम्बोधन गरेर प्रदेश सरकारी काम काजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रममा सबैले आफ्नो पहिचान झल्कने गरि सहभागि हुन समेत सांदद तामाङको अनुरोध रहेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।





प्रतिक्रिया दिनुहोस्