काठमाडौं- नेविसंघ वाग्मती प्रदेश र तरुण दलको केन्द्रिय सदस्यहरु बिचको अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंमा उक्त कार्यक्रमका भएको हो ।
नेपाली कांग्रेसका युवा नेता एवम् संघीय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा नेविसंघ र तरुण दलमा आवद्ध रहेकाहरुबिचमा वर्तवान परिवेशका बारेमा अन्तरक्रिया एवं छलफल गरिएको कार्यक्रम संयोजक पवन थापाले बताए । उनका अनुसार उक्त कार्यक्रममा नेविसंघ र दरुण दलमा आवद्ध रहेकाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ प्रमुख अतिथि पौडेलले दिएका थिए ।