काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल दरुण दलले बुधबार सहकारी पीडितहरुको पक्षमा सरकारको विरुद्ध सडकमा उत्रिएको थियो । सहकारीले आम वचत कर्ताको जीवनमाथि नै खेलबाड गरिरहदाँ सरकार मुखदर्शक भई सहकारी प्रकरणमा जोडिएका रवि लामिछानेलाई गृह मन्त्री बनाएको प्रति आपत्ति जनाउँदै विरोध समेत जनाएका छन् ।
लाखौँ बचत कर्ताको लुटिएको खुसी अब नेपाली कांग्रेसले फिर्ता ल्याउने नेपाल दरुण दलका केन्द्रीय सदस्य कुमार गुरुङले बताएका छन् । दलले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुदैँ उनले उक्त कुरा बताएका हुन् । सहकारीले देशभरका लाखौँ बचत कर्तालाई पिडित बनाईरहँदा पनि सरकारले न्यायोचित कदम चाल्न नसकेको प्रति नेपाली कांग्रेस र दरुण दलको आपत्ति रहेको उनले बताए ।
दिनभरि दुख गरेर कमाएको पैसा भविष्यका लागि भनि बचत गरेका लाखौँ बचत कर्ताले आज आफूलाई आवश्यक पर्दा आफ्नै पैसा नपाउँदा उनिहरुको खुसी खोसिएको छ । सरकारका गृह मन्त्री स्वयम सहकारी प्रकरणमा जोडिएका छन् । त्यसैले पनि यो सरकारले पिडितलाई न्याय दिन नसक्ने गुरुङको भनाई छ । उनका अनुसार अब लाखौँ पिडितलाई नेपाली कांग्रेसले मात्र न्याय र खुसी दिन सक्दछ ।