• २६ असार २०८१, मंगलवार

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

नुवाकोट- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता दिने तयारी गरेको छ । आज बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

उनले कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने बताए । प्रदेश सरकारले विगतदेखि नै लिएको नीतिलाई सन्तुलन कायम गर्ने गरी पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्धारण गरिएको उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्